इलाममा पहिरोका घाइतेको हेलिकप्टरबाट उद्धार, झापामा ९१ जनालाई सुरक्षित स्थानमा सारियो

इलाममा पहिरोका घाइतेको हेलिकप्टरबाट उद्धार, झापामा ९१ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं : नेपाली सेनाले अविरल वर्षाका कारण इलाममा पहिरोमा परेका घाइते र झापामा डुबानमा फसेका नागरिकको उद्धार गरेको छ।

इलामको सन्दकपुर गाउँपालिका-४, माबुमा पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि झापा लगिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइतेहरूमा एक बालिका, दुई महिला र एक पुरुष रहेका छन्।

उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि झापास्थित अस्पताल पुर्याइएको हो।

यसैगरी, झापाको मिलनबस्ती क्षेत्रमा बाढीमा फसेका ९१ जनाको उद्धार गरिएको छ।

सेनासहितको सुरक्षा टोलीले गएराति मोटरबोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलै १२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको हो।
 

असोज २०, २०८२ सोमबार ११:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।