विश्वकप छनोटअघि नेपालले आज कतारसँग अभ्यास खेल खेल्दै

विश्वकप छनोटअघि नेपालले आज कतारसँग अभ्यास खेल खेल्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिताको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) कतारसँग अभ्यास खेल खेल्दैछ।

ओमानमा आयोजना हुने छनोट प्रतियोगिताअघि अन्तिम तयारीका लागि नेपाली टोलीले कतारसँग अभ्यास खेल खेल्न लागेको हो। यो खेल ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे शुरू हुनेछ।

यो अभ्यास खेलले नेपाली टोलीलाई ओमानको परिस्थितिमा अभ्यस्त हुन र आफ्नो टिम संयोजनलाई अन्तिम रूप दिन मद्दत गर्नेछ। विश्वकप छनोट जस्तो महत्त्वपूर्ण प्रतियोगिताअघि यो खेललाई निकै महत्त्वका साथ हेरिएको छ।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो।

नेपाल टी-२० विश्वकप छनोटको एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ मा रहेको छ, जहाँ नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। छनोट प्रतियोगिता यही साताबाट शुरू हुँदैछ।

असोज २०, २०८२ सोमबार ०९:२५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।