गृह र उर्जामन्त्रीले भद्रपुर जाने प्लेनको टिकट ‘नपाएपछि’ इलाम जाने कार्यक्रम रोकियो

काठमाडौं : काठमाडौंबाट झापाको भद्रपुर जाने प्लेनको टिकट नपाएपछि गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ इलाम जाने कार्यक्रम स्थगित भएको छ।
दुवै मन्त्री आज ११ बजे पहिरो प्रभावित क्षेत्रको अवलोकनसहित प्रभावितलाई राहत सामग्री लिएर जाने तयारीमा थिए।
दुवै मन्त्रीको सचिवालयका अनुसार उनीहरू नियमित हवाई उडानबाट झापाको भद्रपुर गएर त्यहाँबाट इलामसम्म हेलिकप्टरमा जाने तयारी भएको थियो।
तर काठमाडौं-भद्रपुरको हवाई टिकट नपाएको भन्दै पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम नै स्थगित गरे।
निरन्तर वर्षापछि आएको पहिरोमा परेर इलाममा ३७ जनाको मृत्यु भइसकेको छ। यो दशैंमा भएको वर्षामा मारिएका सबैभन्दा ठूलो संख्या हो।
असोज २०, २०८२ सोमबार ०९:१०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।