भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं लगिँदै

बुटवल : तीन दिनदेखिको अविरल वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई आज दिउँसो चार्टर्ड उडानमार्फत काठमाडौं लगिने भएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आज दिउँसो २:४५ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड उडानमार्फत यात्रुलाई काठमाडौं पठाउन लागिएको जानकारी दिए।
यसअघि आइतबार राति नै यात्रुलाई पठाउने तयारी गरिए पनि निगमले तयारी नपुगेको भन्दै उडान सोमबारका लागि स्थगित गरेको थियो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले विमानबाट जान चाहने यात्रुले विमानस्थल वा जिल्ला प्रशासन कार्यालयमा नाम टिपाएर यात्रा गर्न सक्ने बताए।
नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै काठमाडौं-भैरहवाका लागि ५ हजार र भैरहवा-काठमाडौंका लागि ७ हजार रुपैयाँ भाडा तोकेको छ।
असोज २०, २०८२ सोमबार ०८:५७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।