आजको मौसम पूर्वानुमान : कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।

यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन ÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज २०, २०८२ सोमबार ०७:२०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।