मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल १३ रनले पराजित

मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल १३ रनले पराजित

काठमाडौं : मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको छ।

क्वालालम्पुरमा आज भएको खेलमा नेपालले मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याउँदै निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन्। कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन जोडिन्। बलिङतर्फ कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिएका थिए।

यो जितसँगै पाँच खेलको शृङ्खलामा मलेसियाले २-१ को अग्रता बनाएको छ। यसअघि पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो।

असोज १९, २०८२ आइतबार १२:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।