यस्तो रहनेछ आज देशभरकै मौसम

काठमाडौं : बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव जारी रहेकाले आज देशभर वर्षा हुने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ भने बागमती र लुम्बिनी प्रदेशमा सामान्यतया बदली, बाँकी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ।
कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागहरूमा साधारणतया बदली रहँदा बाँकी भू-भागमा आंशिक बदली हुनेछ।
यी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने र कोशी प्रदेशका पहाडी भागमा एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।
असोज १९, २०८२ आइतबार ०७:०२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।