लाङटाङ घुुम्न गएका भक्तपुरका १६ मध्ये ४ जनालाई बाढीले बगायो

काठमाडौं : रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा लाङटाङ घुम्न गएका भक्तपुरका ४ जना बेपत्ता भएका छन्। लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जनालाई खोल्साले बगाएको हो।
उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटेलमा बास बसेका उनीहरू लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको थियो।
भक्तपुर ठिमी नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ बाढीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ। टोलीमा रहेका सदस्यले जानकारी गराए पनि सडक यातायात नभएकाले खोजी कार्यमा ढिलाई भइरहेको छ।
असोज १८, २०८२ शनिबार २०:४९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।