चितवनको राजमार्गमा सवारी चलाउन रोक, अलपत्र यात्रु होटलमा बस्दा ७५ प्रतिशत छुट

चितवनको राजमार्गमा सवारी चलाउन रोक, अलपत्र यात्रु होटलमा बस्दा ७५ प्रतिशत छुट

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ।

शनिवार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा, होटेल व्यवसायी संघ (हान) र सरोकारवालाको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

बैठकले बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटेलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटेलमा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

असोज १८, २०८२ शनिबार १९:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।