२० जिल्ला बाढी-पहिरोको उच्च जोखिममा, हाई अलर्ट जारी

काठमाडौं : काठमाडौं छ जल तथा मौसम विज्ञान विभागले २० जिल्लालाई बाढी-पहिरोको अति उच्च जोखिमको सूचिमा राखेर रेड अलर्ट जारी गरेको छ।
निरन्तर वर्षापछि विभागले कोशि प्रदेशद, लुम्बिनी प्रदेश र मधेसाहितका केही क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै जोखिमको आधारमा उच्च जोखिम क्षेत्र निर्धारण गरेको हो।
विभागले काठमाडौंका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, चितवन र आसपासका जिल्लालाई अति उच्च जोखिमको सूचिमा राखेको छ।
असोज १८, २०८२ शनिबार १७:५५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।