काठमाडौंका बाढी प्रभावित क्षेत्रका स्थानीयलाई विद्यालयमा राख्ने तयारी

काठमाडौं : बागमती, विष्णुमती, नख्खु र धोबिखोलाको पानीको सतह बढेपछि काठमाडौं महानगरपालिकाले बाढीको जोखिम रहेको स्थानका स्थानीयलाई नजिकैको सामुदायिक र संस्थागत विद्यालयमा राख्ने तयारी गरेको छ।
महानगरको शिक्षा विभागले सूचना निकालेर सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
शुक्रवार बेलुकादेखिको निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको छ। यसले खोला किनारमा डुबानको जोखिम बढाएको छ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतहको अवस्था निगरानीमा राखिएको छ।
विपद्को अवस्थामा स्थानीय बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई शौचालय, खानेपानी, सुरक्षित स्थान तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ।
असोज १८, २०८२ शनिबार १७:३७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।