सरकारी कार्यालयका प्रमुखलाई सरकारले शनिवारै बोलायो, प्रतिकार्यमा खटिन निर्देशन

काठमाडौं : निरन्तर वर्षाका कारण सरकारले सरकारी कार्यालयका प्रमुखहरूलाई अनिवार्य रूपमा कार्यस्थल पुग्न निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर प्रतिकुल मौसमका कारण देखाउँदै कार्यालय प्रमुखहरूलाई यस्तो निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरिसकेको छ। सरकारले आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् शनिवारै अनिवार्य रूपमा कार्यस्थल पुग्न भनेको हो।
कार्यस्थल पुगेर पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएपछि सङ्घीय मामिला मन्त्रालयले आकस्मिक सूचना निकालेको हो। छ
सूचनामा ‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन भनिएको छ।
निरन्तर पानी पर्दा ४० जिल्ला प्रभावित भइसकेको छ। अधिकांश राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। जेन-जी आन्दोलनमा भौतिक संरचना ध्वस्त भए पनि प्रहरी उद्धार र पहिरो पन्छाउन खटिरहेको छ।
असोज १८, २०८२ शनिबार १७:०८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।