पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

चितवन : पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि पुनः सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएपछि सडक खुलाइएको हो ।
चितवनको इच्छाकामना–३ फिस्लिङ क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ हिडेका छन्।
असोज १८, २०८२ शनिबार १६:३७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।