वर्षाका कारण दशैँको सार्वजनिक बिदा सोमबारसम्म थपियो

वर्षाका कारण दशैँको सार्वजनिक बिदा सोमबारसम्म थपियो

काठमाडौं : निरन्तर वर्षापछि सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा दिएको छ। देशभर निरन्तर वर्षा भएसँगै प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले थप दुई बिदा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

सरकारी बिदा आइतबार सकिने भएकाले सोही दिनदेखि सरकारी कार्यालयहरू खुल्दै थिए।

राजमार्गहरूमा आएको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई हेरेर सरकार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निरन्तर वर्षाका कारण ४० जिल्ला उच्च जोखिममा रहेको भन्दै मौसम पूर्वानुमानले २० गतेसम्म आवागमन नगर्न आग्रह गरेको छ। वर्षाका कारण दशैँ मनाउन हिँडेका अधिकांश अलपत्र परेका छन्।

असोज १८, २०८२ शनिबार १५:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।