पाँचथरमा बलेरो दुर्घटनामा ६ जनाको ज्यान गयो

पाँचथरमा बलेरो दुर्घटनामा ६ जनाको ज्यान गयो

 

विराटनगर : पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ। दुर्घटनामा  ६ जना घाइते भएका छन्।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार बिहान तमोर कोरिडोरमा दुर्घटना भएको थियो।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार दुर्घटनामा परेर ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको हो।

अरू ६ जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको उनले जानकारी दिए। मृतक कसैको परिचय खुलेको छैन।

असोज १८, २०८२ शनिबार १४:५८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।