भारत आउँदै गरेको रुसी तेल ट्यांकर फ्रान्सद्वारा नियन्त्रण, क्याप्टेनमाथि मुद्दा चल्ने

भारत आउँदै गरेको रुसी तेल ट्यांकर फ्रान्सद्वारा नियन्त्रण, क्याप्टेनमाथि मुद्दा चल्ने

एजेन्सी : फ्रान्सले एट्लान्टिक तटमा एक रुसी तेल ट्यांकरलाई नियन्त्रणमा लिएको छ र त्यसका क्याप्टेनमाथि मुद्दा चलाउने तयारी गरेको छ।

अधिकारीहरूलाई सहयोग नगरेको आरोपमा क्याप्टेनविरुद्ध आगामी फेब्रुअरी २३ देखि ब्रेस्ट शहरमा सुनुवाइ शुरू हुनेछ।

फ्रान्सेली नौसेनाले गत आइतबार उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो।

रुसको प्रिमोर्स्क तेल टर्मिनलबाट ७ लाख ५० हजार ब्यारेल कच्चा तेल बोकेर भारततर्फ गइरहेको अवस्थामा नौसेनाले ट्यांकरलाई फ्रान्सको एट्लान्टिक तटमा रोकेर सेन्ट-नजेर बन्दरगाहतिर लगेको थियो।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले यो जहाज रुसको पुरानो ट्यांकरहरूको समूहको हिस्सा भएको दाबी गरेका छन्।

उनका अनुसार, यो समूहले पश्चिमी देशहरूले लगाएको प्रतिबन्धबाट बच्न कच्चा तेल ढुवानीका लागि विभिन्न देशका झण्डाहरू प्रयोग गर्ने गरेको छ।

अधिकारीहरूका अनुसार, हाल 'बोराके' नाम रहेको यस ट्यांकरले पटक-पटक आफ्नो नाम परिवर्तन गरेको पाइएको छ।

असोज १८, २०८२ शनिबार ०९:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।