नेपाली टोलीले टी-२० विश्वकप छनोटका खेल अगाडि ओमान र कतारसँग अभ्यास खेेल खेल्ने

नेपाली टोलीले टी-२० विश्वकप छनोटका खेल अगाडि ओमान र कतारसँग अभ्यास खेेल खेल्ने

काठमाडौँ : नेपाली क्रिकेट टोलीले आइसिसी टी-२० विश्वकप छनोटका खेलअघि ओमानमा दुई अभ्यास खेल खेल्ने भएको छ।

नेपालले विश्वकप छनोट खेेलअघी नेपालले ओमान र कतारसँग वार्म अप खेल खेल्ने भएको हो। ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले ओमानसँग शनिवार र कतारसँग सोमबार खेल्नेछ।

ओमान र नेपालबीचको अभ्यास शनिवार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ। कतार र नेपालबीच सोमबार अपराह्न सवा ४ बजेदेखि खेल सुरु हुनेछ।

टी-२० विश्वकप छनोट ओमानमा आगामी अक्टोबर ८ देखि १७ सम्म हुँदैछ। नेपालले विश्वकप समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ। नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन्।

असोज १७, २०८२ शुक्रबार १८:५१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।