‘उज्यालो नेपाल’ नामक पार्टीसँग मेरो कुनै सम्बन्ध छैन : उर्जामन्त्री घिसिङ

‘उज्यालो नेपाल’ नामक पार्टीसँग मेरो कुनै सम्बन्ध छैन : उर्जामन्त्री घिसिङ

काठमाडौं : उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल’ नामक पार्टीसँग आफूको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन्।

हालै निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको सो पार्टीका अध्यक्ष ज्ञान तामाङले घिसिङसँग वार्ता भइरहेको र एउटै पार्टी बन्ने सम्भावना रहेको दाबी गरेका थिए। तर घिसिङले विज्ञप्ति जारी गर्दै उक्त दाबी पूर्णतः असत्य भएको बताएका छन्।

उनले आफू पार्टीमा आबद्ध हुनेबारे कुनै छलफल नभएको स्पष्ट पार्दै प्रचार गरिएजस्तो जुम बैठकमा समेत आफू सहभागी नरहेको बताए।

असोज १७, २०८२ शुक्रबार १६:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।