हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा तीन दिन राति गाडी चलाउन रोक

हेटौंडा : सम्भावित भारी वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा-काठमाडौं जोड्ने दुई महत्त्वपूर्ण सडकमा आजदेखि तीन दिनसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनाअनुसार, असोज २० गतेसम्मका लागि दुई सडकखण्डमा तोकिएको समयमा यातायात पूर्ण रूपमा बन्द रहनेछ।
कान्ति लोकपथ: बेलुका ४:०० बजेदेखि बिहान ६:०० बजेसम्म।
हेटौंडा-भैँसे-काठमाडौं सडक: बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मकवानपुरमा मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेपछि सम्भावित दुर्घटना र विपद्लाई रोक्न यो कदम चालिएको प्रशासनले जनाएको छ।
प्रशासनले उक्त अवधिमा अत्यावश्यक कामबाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।
साथै, पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन तथा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सबै स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको छ।
असोज १७, २०८२ शुक्रबार ०८:२५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।