टी-२० विश्वकप छनोट : नेपालले वार्म-अपमा ओमान र कतारसँग खेल्ने, बुधबारदेखि मुख्य प्रतिस्पर्धा

टी-२० विश्वकप छनोट : नेपालले वार्म-अपमा ओमान र कतारसँग खेल्ने, बुधबारदेखि मुख्य प्रतिस्पर्धा

काठमाडौं : सन् २०२६ मा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया-ईएपी क्षेत्रको छनोट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागी ९ वटै राष्ट्रका कप्तानहरूले ट्रफीसँगै तस्बिर खिचाउँदै प्रतियोगिताको औपचारिक शुरूवातको संकेत दिएका छन्।

भोलि (शनिबार) देखि वार्म-अप खेलहरू सुरू हुनेछन्। नेपालले आफ्नो तयारीलाई अन्तिम रूप दिन दुई वटा वार्म-अप खेल खेल्ने तालिका रहेको छ।

जसअनुसार नेपालले शनिबार आयोजक ओमानसँग र सोमबार कतारसँग प्रतिस्पर्धा गर्नेछ। यी अभ्यास खेलहरूले नेपाली टोलीलाई स्थानीय परिस्थितिमा घुलमिल हुन र आफ्नो रणनीतिको परीक्षण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।

वार्म-अप खेलहरू सकिएपछि बुधबारदेखि छनोट प्रतियोगिताका औपचारिक खेलहरू शुरू हुनेछन्। यस प्रतियोगितामा नेपालसहित ९ राष्ट्रले विश्वकपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन्।

सार्वजनिक गरिएको तस्बिरमा नेपाली कप्तानसहित सबै टोलीका कप्तानहरू उत्साहित मुद्रामा देखिएका छन्। नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ।

असोज १७, २०८२ शुक्रबार ०८:१४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।