बिर्तामोडमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

बिर्तामोडमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

बनियानी : बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। 

 विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रु बाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए। दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ।

असोज १६, २०८२ बिहीबार १७:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।