इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, कैयौँ विद्यार्थी भग्नावशेषमा फसेको आशंका

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, कैयौँ विद्यार्थी भग्नावशेषमा फसेको आशंका

एजेन्सी : जाभा टापुको सिडोआरजो सहरस्थित एक इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ। अझै कैयौँ विद्यार्थी भग्नावशेषमुनि फसेको आशंका गरिएको अधिकारीहरूले जनाएका छन्।

सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनामा भेला भइरहेका बेला विद्यालयको मुख्य भवन अचानक भत्किएको हो। राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार उपस्थितिको विवरणअनुसार करिब ९१ जना अझै भग्नावशेषभित्रै गाडिएको हुनसक्छ।

पहिलो चरणमा तीन जनाको मृत्यु र ३८ जना बेपत्ता भएको बताइएकोमा पछिल्ला विवरणले मृतकको सङ्ख्या ठूलो मात्रामा बढेको पुष्टि भएको छ। अधिकारीहरूले भने बेपत्ताबारेको सही तथ्याङ्क अझै संकलन भइरहेकाले बुधबारसम्म थप स्पष्टता आउने जनाएका छन्।

उद्धार टोलीले सात क्षेत्रमा जीवनको सङ्केत भेटिएको जनाएको छ। राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अपरेसन प्रमुख एमी फ्रिजरले भने, “मुख्य संरचना पूरै भत्किएको छ। हामीले प्राथमिकता अझै प्रतिक्रियाशील देखिएका व्यक्तिलाई दिइरहेका छौँ।”

बुधबार बिहानदेखि अनेकौँ अभिभावक ढलेको भवन नजिकै बस्दै आफ्ना छोराछोरीको खबर पर्खिरहेका छन्। भारी मेसिनरीसहित उद्धार टोली हातैले पनि भग्नावशेष पन्छाउँदै जीवित फसेकाहरूलाई सुरक्षित निकाल्ने प्रयास निरन्तर गरिरहेको छ।

असोज १५, २०८२ बुधबार १४:०६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।