बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर

बैतडी : बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन-६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो।
दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका-४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ।
असोज १५, २०८२ बुधबार १३:४३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।