सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार घटना बढे

काठमाडौं : सुरक्षाका लागि सडकमा खटिएको प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।
दशैँ सुरक्षामा सुरक्षाका लागि खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिन्धुली ग्याङलेखका नेवाङ तामाङ पक्राउ परेका हुन्।
काठमाडौंको बबरमहलमा बस्ने उनले बुद्धनगरमा सुरक्षामा खटिएको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप छ।
जेन-जी आन्दोलनपछि शान्ति सुरक्षा चुनौतीपूर्ण बनिरहेको बेलामा सुरक्षामा खटिने प्रहरीमाथि कुटपिट र दुर्व्यवहारको घटना बढिरहेका छन्।
यस अगाडि भक्तपुरस्थित प्रहरी प्रभाव कटुन्जेका सई राजन बनमाला र प्रहरी जवान राजबहादुर ऐर कुटिएका थिए।
घटनामा सई बनमालाको हात र ढाडमा गम्भीर चोट लागेको थियो। प्रहरी जवान ऐनको टाउको र हातमा चोट लागेको थियो।
असोज १५, २०८२ बुधबार १३:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।