मनकामना केबलकार तीन दिन बन्द गरिने

मुग्लिन : मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए। असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ।
यो नेपालको पहिलो केबलकार हो।
असोज १५, २०८२ बुधबार १०:०३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।