नेपालले दोस्रो खेलमा पनि वेस्ट इन्डिजलाई हरायो, एक खेल अगाडि नै शृङ्खला जित्यो

नेपालले दोस्रो खेलमा पनि वेस्ट इन्डिजलाई हरायो, एक खेल अगाडि नै शृङ्खला जित्यो

काठमाडौं :  नेपालले युएईमा जारी युनिटी कप टी-२०आई शृङ्खला एक जितेको छ। वेस्ट इन्डिजसँगको खेलमा लगातार  दुई खेल हराउँदै एक खेल अगाडि नै नेपालले शृङ्खला जितेको हो।

पहिलो खेल जितेको नेपालले सोमबारको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हरायो। नेपालले पहिलो ब्याटिङ गर्दै १ सय ७४ रनको  लक्ष्य दिएको थियो। वेस्ट इन्डिज ८३ रनमै अलआउट भयो।

सोमबारको खेलमा वेस्ट इन्डिजका जेसन होल्डरले बनाएको २१ रन नै सर्वाधिक भयो। नेपालका आदिल आलमले ४ विकेट लिए। नेपालका लागि कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले  ६८ र ६३ रन बनाएका थिए।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनर  काइल मेयर्सले २-२ विकेट लिए। जेदिया ब्लेड्सले एक विकेट लिए।

असोज १३, २०८२ सोमबार २३:५७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।