महेश बस्नेत विरुद्धको जाहेरी तामेलीमा राख्ने प्रहरीको प्रयास असफल, अनुसन्धान गर्न निर्देशन

महेश बस्नेत विरुद्धको जाहेरी तामेलीमा राख्ने प्रहरीको प्रयास असफल, अनुसन्धान गर्न निर्देशन

काठमाडौं : एमाले नेता महेश बस्नेतविरूद्धको साइबर अपराधको जाहेरी तामेलीमा राख्ने प्रहरीको प्रयास असफल भएको छ।

शोभा भनिने जानुका पाठकले बस्नेत विरुद्ध सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन्।

प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गर्न निरर्थक हुने भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले बस्नेतले फेसबुकमा 'नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपस्ट बौलाउँदै हिँडिरहेको छ' भनेर अमूर्त ढङ्गले अमर्यादित रूपमा भालु शब्द लेखेकोमा कसलाई, कुन प्रयोजनका लागि लेखिएको हो सो खुलाउन भनिएको छ।

सरकारी वकिल कार्यालयले प्रहरीलाई महेश बस्नेत फ्यान क्लबबाट आएको मेसेजको अनुसन्धानका लागि सो पेज कसको नाममा खोलिएको हो त्यसको अनुसन्धान गर्न निर्देशन दिएको छ।

असोज १३, २०८२ सोमबार १९:०६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।