चाडपर्वका अवसरमा आएका उपहार स्वीकार नगर्न नेताहरूलाई रास्वपाको निर्देशन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चाडपर्वका अवसरमा नेताहरूलाई शुभकामना पत्रबाहेक अन्य कुनै किसिमका उपहार स्वीकार नगर्न निर्देशन दिएको छ।
पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरिएको छ।
विज्ञप्तिमा हालै जेनजीको नेतृत्वमा सुशासनका लागि भएको आन्दोलनका क्रममा ७५ जनाले ज्यान गुमाएको स्मरण गर्दै यसलाई राष्ट्रिय शोकको घडीका रूपमा लिएको छ।
त्यसैले यसपटक पार्टीको ब्यानर वा झण्डा प्रयोग गरी चाडपर्वसम्बन्धी कुनै कार्यक्रम आयोजना नगर्न र नगराउन सबै तहका पार्टी कार्यकर्तालाई अनुरोध गरिएको छ।
असोज १३, २०८२ सोमबार १५:०४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।