चीनको विपक्षमा 'अफवाह फैलाउने' संस्थाका निर्देशक प्रधानमन्त्री सुशीलाको मुख्य सल्लाहकार !

काठमाडौं : नेपालको जेन-जी आन्दोलनमा अमेरिकी प्रभावबारे बहस भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा चीन विरोधी संस्थासँगै जोडिएका व्यक्ति चयन भएका छन्।
आइतबार मुख्य सल्लाहकारमा नियुक्त अजयभद्र खनाल चीनको विपक्षमा अनुसन्धान केन्द्रित गरिरहेको सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पलिसीका रिसर्च डाइरेक्टर थिए।
यो संस्था अधिकांश चीन र नेपालबारे अध्ययनमा केन्द्रित छ। अध्ययनको नाममा अफवाह फैलाउन समेत यो संस्था संलग्न रहेको थियो।
यसले ‘नेपाली मिडियामा चीनको प्रभाव र फेरिँदो नेपाल नीति’ नामक विवादित प्रतिवेदन सार्वजनिक गर्दै नेपाली मिडियामार्फत चीनले कसरी अमेरिका विरुद्ध काम गरिरहेको छ भन्ने उल्लेख थियो। प्राय यस्ता प्रतिवेदनमा कसको आर्थिक सहयोगमा अनुसन्धान गरिएको हो सो उल्लेख हुन्छ। यसमा उल्लेख थिएन।
अनुसन्धानको बहानामा चीनको विपक्षमा तथ्यहीन सामग्री राखिएको भन्दै आलोचना भएपछि संस्थाले आफ्नो साइटबाट प्रतिवेदनै हटाएको थियो।
शर्मा साझा पार्टीमा समेत जोडिएका थिए। तर लामो समय टिकेनन्। पत्रकारिता पृष्ठभूमि रहेका उनी उकालोडटकमका संस्थापक प्रधानसम्पादक पनि हुन्।
जनसम्पर्क सल्लाहकारमा नियुक्त गोविन्दनारायण तिमल्सिना उज्ज्वल थापासँगै विवेकशील अभियानमा संलग्न थिए। अमेरिकाबाट फर्किएर राजनीतिमा सक्रिय भएका उनी विवेकशील र साझाको एकतासँगै थापासँगै उनी पनि राजनीतिबाट टाढिएका थिए।
असोज १३, २०८२ सोमबार १४:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।