२४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिए

२४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिए

काठमाडौं : बितेका २४ घण्टामा मात्रै काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्नसम्म करिब चार लाख ६७ हजार मानिसले उपत्यका छाडेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारका अनुसार यात्रुको चापसँगै देशका विभिन्न राजमार्गमा ट्राफिक जाम बढ्दा गन्तव्यमा पुग्न कठिनाइ भएको छ।

स्वारले घटस्थापनादेखि हालसम्म करिब आठ लाख मानिस उपत्यकाबाट बाहिरिएको जानकारी दिए। उनका अनुसार यातायात सहज बनाउन ट्राफिक प्रहरीलाई आग्रह गरिएको छ भने ट्राफिक प्रहरीले पनि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरी निर्वाध आवागमन सुनिश्चित गर्ने प्रयास भइरहेको जनाएको छ।

असोज १३, २०८२ सोमबार १३:३९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।