तुईन खोलामा पुनः सुक्खा पहिरो खस्यो, सडक पूर्ण रुपमा अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुईन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ। दिउँसो करिब १२ बजे खसेको उक्त पहिरोका कारण सडक दुबै तर्फका सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो अझै निरन्तर खसिरहेको छ। हाल पहिरोले करिब ७० मिटर सडक क्षेत्र ढाकेको छ भने दुईवटा मेसिन परिचालन गरी पन्छाउने काम भइरहेको जानकारी उनले जानकारी दिए।
गत हप्तामा पनि सोही स्थानमा ठूलो पहिरो खसेपछि सडक सञ्चालनमा ल्याउन दुई दिनभन्दा बढी समय लागेको थियो। पुनः खसेको पहिरोका कारण अहिले पुनः यात्रु र सवारी साधन अलपत्र परेका छन्।
असोज १३, २०८२ सोमबार १३:०८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।