चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं : गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
समितिको शनिबार (असोज १२ गते) बसेको बैठकले सो सिफारिस गरेको हो। समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको जनाएको छ।
एआईजी पदमा बढुवाका लागि सिफारिस भएका डिआईजीहरू र उनीहरूको हालको कार्यक्षेत्र निम्न अनुसार छ:
१. सुशील सिंह राठोर- नेपाल प्रहरी प्रधान कार्यालय (आर्थिक प्रशासन शाखा)
२. उमा प्रसाद चतुरवेदी- मधेश प्रदेश प्रहरी कार्यालय
३. हिमालय कुमार श्रेष्ठ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा)
४. डम्बर बहादुर बि.क.- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय
असोज १३, २०८२ सोमबार ०७:३०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।