अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ जना घाइते

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ जना घाइते

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ टारीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रमुख दिवस जिसीका अनुसार बुटवलबाट गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स गाडी सन्धिखर्क-ढोरपाटन सडक खण्डमा दुर्घटनामा परेको हो। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोटका १० वर्षीय अरुणा थापा र सोही गाउँपालिकाको वडा नं. ७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेको प्रहरी प्रमुख जिसीले जानकारी दिए।

सबै घाइतेहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

असोज १३, २०८२ सोमबार ०७:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।