ओली र लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का, काठमाडौं बाहिर जान समेत अनुमति लिनुपर्ने

ओली र लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का, काठमाडौं बाहिर जान समेत अनुमति लिनुपर्ने

काठमाडौं : सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गरेको छ। जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाइएको हो।

गृह मन्त्रालयका अनुसार पासपोर्ट रोक्का सूचीमा पूर्वप्रधानमन्त्री ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेका छन्।

उनीहरूलाई मन्त्रालयको पूर्वअनुमति विना काठमाडौं उपत्यका बाहिर जान समेत प्रतिबन्ध लगाइएको छ।

गत २३ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो।

असोज १२, २०८२ आइतबार १८:४३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।