सुरक्षा बलियो बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले चाडपर्वको समयमा अवस्थालाई बलियो बनाउन सरकारलाई निर्देशन दिएको छ। आइतबार विज्ञप्ति निकालेर आयोगले सेवा प्रवाहलाई चुस्त बनाउन र शान्ति सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएको हो।
जेन-जी आन्दोलनकोक्रममा प्रहरीको भौतिक संरचना ध्वस्त छ। शान्ति सुरक्षाको अवस्था कमजोर रहेको बेलामा आयोगले चाड
पर्व लक्षित सुरक्षा बनाउन सरकारलाई निर्देशन दिएको हो।
आयोगले मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखा कार्यालयहरू दशैदेखि छठसम्मको बिदाको दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बताएको छ।
मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले अनुरोध समेत गरेको छ ।
आयोगले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने क्रियाकलाप हुने सम्भावना रहेको भन्दै ध्यानाकर्षण समेत गराएको छ।
असोज १२, २०८२ आइतबार १६:१७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।