बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु, धानबाली जोगाउन खोज्दा गयो ज्यान

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु, धानबाली जोगाउन खोज्दा गयो ज्यान

बर्दिया : बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका-९ शिवपुर बस्ने ४२ वर्षीया सीता खत्रीको शनिबार राति आफ्नै खेतमा लगाएको धानबाली जोगाउन खोज्दा हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक क्षेत्रका अध्यक्ष हेमन्त आचार्यका अनुसार, शनिबार राति करिब ११ बजेतिर खेतमा धान खान आएको हात्तीलाई धपाउन गएकी खत्रीलाई हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा जंगली जनावर, विशेषगरी हात्ती र बाघको आक्रमणका घटनाहरू बारम्बार हुने गरेका छन्।

पाकेको धानबाली जोगाउन स्थानीय बासिन्दाहरू रातभर जाग्राम बस्न बाध्य छन्, जसले गर्दा मानव-वन्यजन्तु द्वन्द्व बढ्दो छ। घटनापछि स्थानीय त्रसित बनेका छन्।

असोज १२, २०८२ आइतबार १०:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।