वेस्ट इन्डिजविरुद्ध मैदानमा उत्रियो नेपाल, सन्दीप बेन्चमै

वेस्ट इन्डिजविरुद्ध मैदानमा उत्रियो नेपाल, सन्दीप बेन्चमै

काठमाडौं : वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक युनिटी कप सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। टस जित्दै वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।

यस खेलमा नेपालका प्रमुख स्पीनर सन्दीप लामिछाने बेन्चमा परेका छन्। मुख्य प्रशिक्षक स्टुआर्ट लले सार्वजनिक गरेको प्लेइङ-११ मा सन्दीपलाई स्थान दिइएको छैन।

नेपालको प्लेइङ-११ मा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आसिफ सेख, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन्।

असोज ११, २०८२ शनिबार २०:१९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।