टी-२० अन्तर्राष्ट्रिय सिरिज : वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङ गर्दै नेपाल

काठमाडौं : वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पहिले ब्याटिङ गर्दैछ। वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
आईसीसी टी-२० विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।
‘युनिटी कप’ नाम दिइएको यो सिरिज आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालले खेल्न लागेको पहिलो द्विपक्षीय टी-२० सिरिज हो।
शारजाह मैदानमा हुने पहिलो खेल नेपाली समयअनुसार आज राति ८:१५ बजे शुरू हुनेछ। एक वर्षअघि वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेलेको नेपालका लागि सिनियर टोलीविरुद्धको यो सिरिज जितभन्दा पनि सिक्ने र विश्वकप छनोटअघि आत्मविश्वास बढाउने महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ।
असोज ११, २०८२ शनिबार २०:००:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।