ओलीले एमालेको सचिवालय बैठक पनि डेरामै बोलाए

ओलीले एमालेको सचिवालय बैठक पनि डेरामै बोलाए

काठमाडौं : जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार एमालेको सचिवालय बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो डेरामा सचिवालय बैठक बोलाएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि  पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उनले बताए। 

जेनजी आन्दलनका क्रममा सेनाको निगरानीमा रहेका ओली शिवपुरीबाट भक्तपुरको गुण्डु आएपछि त्यहाँबाट निक्लिएका छैनन्। संविधान दिवसको दिन पार्टी कार्यालयमा भएको कार्यक्रममा जाने भनिए पनि ओली सुरक्षाको कारण देखाउँदै त्यहाँ गएनन्।

ओली शनिबार युवास‌ंघले भक्तपुरमै गरेको कार्यक्रममा भने देखिए। उनलाई उच्च सुरक्षा घेरमा त्यहाँ लगिएको थियो। यसैबीच ओलीले डेरामै सचिवालय बैठक बोलाएका हुन्।

असोज ११, २०८२ शनिबार १७:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।