चीनद्वारा नयाँ मौसम भू-उपग्रह ‘फेंग्युन-३-०८’ सफलतापूर्वक प्रक्षेपण

बेइजिङ : चीनले आफ्नो मौसम पूर्वानुमान तथा वातावरणीय अनुगमन क्षमतालाई थप सुदृढ पार्दै शनिबार बिहान ‘फेंग्युन-३-०८’ नामक नयाँ भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।
उत्तरपश्चिम चीनस्थित च्युच्वान भू-उपग्रह प्रक्षेपण केन्द्रबाट बेइजिङ समयानुसार बिहान ३:२८ बजे 'लङ्ग मार्च-४सी' रकेटमार्फत उक्त भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) का अनुसार, प्रक्षेपणपछि भू-उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा स्थापित भएको छ।
यस भू-उपग्रहको मुख्य उद्देश्य मौसमको भविष्यवाणी, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायनको विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ।
यो भू-उपग्रहमा क्यामेरा र माइक्रोवेभ इमेजरसहित नौ वटा अत्याधुनिक रिमोट सेन्सिङ उपकरण जडान गरिएका छन्।
सीएनएसएले यस प्रक्षेपणले चीनको विश्वव्यापी मौसम भविष्यवाणी, जलवायु परिवर्तनको सामना गर्ने तयारी, र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरण क्षमतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
यो प्रक्षेपण लङ्ग मार्च रकेट शृङ्खलाको ५९६औं सफल मिसन हो।
असोज ११, २०८२ शनिबार १३:३१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।