न्युयोर्कमै रहेका कोलम्बियाली राष्ट्रपतिको भिसा रद्द गर्दै अमेरिका

न्युयोर्कमै रहेका कोलम्बियाली राष्ट्रपतिको भिसा रद्द गर्दै अमेरिका

एजेन्सी : अमेरिकी विदेश मन्त्रालयले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने बताएको छ।

विदेश मन्त्रालयले यो निर्णय ‘उत्तेजक कारबाही’को आधारमा लिइएको बताएको छ। न्यूयोर्कमा वामपन्थी नेता पेट्रोले सडकमा प्यालेस्टाइन समर्थकहरूलाई सम्बोधन गरेपछि यस्तो कदम लिइएको हो।

समाचार एजेन्सी एएफपीले कोलम्बियाली मिडियालाई उद्धृत गर्दै पेट्रो शुक्रबार राति नै न्यूयोर्कबाट कोलम्बिया प्रस्थान गरेको बताएको छ।

यस हप्ताको सुरुमा, पेट्रोले बीबीसीलाई एक अन्तर्वार्ता दिए। जसम उनले क्यारिबियन सागरमा कथित लागूऔषध तस्करी गर्ने डुङ्गाहरूमा अमेरिकी हवाई हमला ‘तानाशाहीको कार्य’ भएको बताएका थिए।

असोज ११, २०८२ शनिबार ११:३०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।