दशैं-तिहारलाई लक्षित गर्दै सोकोन नेपालले ल्यायो विशेष अफर

दशैं-तिहारलाई लक्षित गर्दै सोकोन नेपालले ल्यायो विशेष अफर

काठमाडौं : सोकोन नेपालले दशैं-तिहारलाई विशेष बनाउन आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । यस विशेष अफरअन्तर्गत नयाँ ईभी भ्यान खरिद गर्ने ग्राहकले उपहार, सजिलो फाइनान्स सुविधा र निःशुल्क इन्स्योरेन्सजस्ता सुविधा पाउनेछन् ।

कम्पनीका अनुसार भ्यान खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिनजस्ता उपहार प्राप्त गर्नेछन् । त्यस्तै, भ्यान बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सामसुङ ग्यालेक्सी A07 (6+128GB) मोबाइल फोन पक्का उपहार दिइनेछ ।

यस स्किममा १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) निःशुल्क समावेश गरिएको छ, जसमा क्यासलेस इन्स्योरेन्स क्लेम सुविधा पनि रहनेछ । साथै, यस आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्ने भएको छ ।

सोकोनले ल्याएको यो फेस्टिभ अफरले ग्राहकलाई नयाँ ईभी भ्यान सहज मूल्यमा ल्याउन मात्र नभई चाडपर्वलाई झन् उल्लासपूर्ण बनाउन मद्दत गर्ने कम्पनीको विश्वास छ।

कम्पनीले सीमित अवधिका लागि उपलब्ध यो स्किमको फाइदा उठाउन सबैलाई नजिकैको सोकोन शो-रुममा सम्पर्क गर्न आग्रह गरेको छ।

असोज १०, २०८२ शुक्रबार १९:०२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।