सडक छेउमा रोकिराखेको भारतीय कार भित्र ३ सय केजी गाँजा, चालक फरार

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट ३ सय ४० किलोग्राम लागूऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साइडमा बेवारिस अवस्थामा रहेको भारतीय कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ।
असोज १०, २०८२ शुक्रबार १६:४९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।