यमनमा इजरायलको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, आठ जनाको मृत्यु भएको हुथीको दाबी

यमनमा इजरायलको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, आठ जनाको मृत्यु भएको हुथीको दाबी

एजेन्सी : इजरायली सेनाले यमनमा हालसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको दाबी गरेको छ। हुथी विद्रोहीहरूले बारम्बार गर्दै आएका ड्रोन तथा मिसाइल हमलाको जवाफमा यस्तो कारबाही गरिएको उसको भनाइ छ।

इजरायल डिफेन्स फोर्सेजले जनाएअनुसार, दर्जनौँ लडाकु विमानहरूले राजधानी सानामा हुथी सुरक्षा, गुप्तचर सेवा र सेनासँग सम्बन्धित ठेगानाहरूमा बमबारी गरेका छन्।

यता, हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यस हमलालाई इजरायलको ‘निर्दयी अपराध’ भनेको छ।

मन्त्रालयका अनुसार, हमलामा सर्वसाधारणका घर र आवासीय भवनहरूलाई निशाना बनाइएको थियो, जसमा आठ जनाको मृत्यु भएको छ।

यो हमला हुथी विद्रोहीले इजरायलमा ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो। उक्त ड्रोन हमलामा इजरायलको रेड सी रिसोर्ट इलातमा २२ जना घाइते भएका थिए, जसमध्ये दुई जनाको अवस्था गम्भीर थियो।

असोज १०, २०८२ शुक्रबार ०७:४९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।