देशका अधिकांश भागको मौसम सफा रहने

देशका अधिकांश भागको मौसम सफा रहने
फाइल तस्बिर

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ। साथै देशका अधिकांश भागको मौसम सफा रहने छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेशलगायत देशको पहाडी भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

असोज १०, २०८२ शुक्रबार ०७:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।