'भारतीय किट कलेज प्रसङ्गको भिडियोलाई जेन-जी आन्दोलन र बालनेसँग जोडियो'

'भारतीय किट कलेज प्रसङ्गको भिडियोलाई जेन-जी आन्दोलन र बालनेसँग जोडियो'

काठमाडौं : भारतको किट कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्यापछि नेपाली विद्यार्थीहरूले गरेको पत्रकार सम्मेलनको भिडियोलाई बालेन शाहसँग जोडेर प्रचार गरिएको खुलेको छ।

एक भिडियो जेन-जी आन्दोलनसँग जोड्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मुकुन्डोधारीहरूसँग मिटिङ गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको थियो। 

तर तथ्य जाँचमा सो भिडियो कलिङगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल  टेक्नोलोजी (कीट) मा नेपाली विद्यार्थी लम्सालको।आत्महत्याको घटनापछि नेपाली विद्यार्थीहरूले नेपालमा गरेको पत्रकार सम्मेलनको भएको खुलेको हो।

नेपाल फ्याक चेकका प्रवीण भट्टले गरेको तथ्य जाँचमा सो भिडियोको बालनेसँग सम्बन्ध देखिएन। बालेन शाहको गोप्य बैठकमा नकाबधारी नक्कली जेनजीको बैठक भएको दाबी गर्दै सो भिडियो सामाजिक सञ्जालमा फैलाइएको थियो।

"भिडियो ७ महिना पुरानो हो। भिडियोको हालका घटना र बालनेसँग केही सम्बन्ध छैन। सात महिनाअघि भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युपछि नेपाल फर्काइएका विद्यार्थीहरूले पहिचान लुकाउन अनुहार छोपेर कलेजले गरेको व्यवहारबारे पत्रकार सम्मेलन गरेको समयको भिडियो हो" भट्टले लेखेका छन्।

तथ्य जाँचमा सात महिना अगाडिको पत्रकार सम्मेलनको तस्बिर र भिडियोलाई मुख्य आधार लिइएको देखिन्छ। 

असोज १०, २०८२ शुक्रबार ००:०७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।