विनोदविक्रम केसीको जुत्ता गाथा

मनले टिपी मनैमा राख त्यो जुत्ता साथीको
चन्द्रमा लिन हिँडेको थियो जो खुट्टा साथीको
पोत्दछु भन्थ्यो जूनले सारा अँध्यारो संसार
रुमाल थापी सपना बुन फूलबुट्टा साथीको।
दुनियाँ फेर्न लम्केको थियो पाइला साथीको
कुल्चेर छाड्यो पीडक थिति तुजुक काजीको
हजार पाउ थप्नु छ अब नवीन यात्रामा
दिलले लेखी दिलैमा टाँग त्यो मुद्दा साथीको
मनले टिपी मनैमा राख त्यो जुत्ता साथीको।
देखाई गयो आशाको रश्मी गन्तव्य उज्यालो
जँघार सय तरेर जाने हाम्रो नै हो पालो
पैताला छेडी काँडाले भन्छ हेरूँला हिम्मत
यादले साँची यादैमा बाँच उन्मुक्त साथीको
मनले टिपी मनैमा राख त्यो जुत्ता साथीको।
(उकेरा म्यागजीनको अन्य सामग्री पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्)
असोज ९, २०८२ बिहीबार २१:१२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।