नेपालमा आइफोन १७ सिरिज आधिकारिक रुपमा सार्वजनिक

काठमाडौं : जेनरेशन नेक्स्टले नेपालमा बहुप्रतिक्षित आइफोन १७ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
यस अन्तर्गत आइफोन १७, आइफोन एयर, आइफोन १७ प्रो रआइफोन १७ प्रो म्याक्स मोडल बजारमा उपलब्ध छन्। नयाँ सिरिजमा ठूलो र उज्यालो डिस्प्ले, A19 चिपसेट, सेन्टर स्टेज फ्रन्ट क्यामेरा, परिस्कृत थर्मल व्यवस्थापन, उन्नत ४८ MP फ्युजन क्यामेरा प्रणाली तथा अगाडि–पछाडि दुवै Ceramic Shield 2 सहितको नयाँ डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आजदेखि नै खरिदका लागि उपलब्ध हुने जनाएको छ । खरिदकर्ताले दुई पटकसम्म स्क्रिन रिप्लेसमेन्ट, दुई पटकसम्म ब्याक ग्लास रिप्लेसमेन्ट, एक वर्षको एक्सटेन्डेड वारेन्टी र २० वाटको वरिजिनल अडप्टर निःशुल्क पाउनेछन्।
यसबाहेक, पहिलो १० दिनभित्र खरिद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत १७ जनाले Apple Watch Series 11 र १०० जनाले AirPods 4 जित्ने अवसरसमेत हुनेछ।
असोज ९, २०८२ बिहीबार २०:२९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।