दशैंको रमझम : झिलिमिली बत्तीमा धपक्क शक्तिपीठहरू (फोटोफिचर)

काठमाडौं : दशैं सुरू भएसँगै काठमाडौंका मैतीदेवी र कालिकास्थान मन्दिर वरिपरि झिलिमिली बत्तीले सजाइएको छ।
नवरात्रिभरि पूजा अर्चना हुने यी मन्दिरमा हरेक वर्ष झैं यस वर्ष पनि श्रद्धालुहरूको घुइँचो देखिन्छ। साँझपख युवायुवतीहरू झिलिमिली माहोलको मज्जा लिइरहेका देखिन्छन्।
सामाजिक सञ्जालमा देखेका फोटो/भिडियो हेरेर टाढा-टाढाबाट दर्शन गर्न र फोटो खिच्न आउनेहरू पनि धेरै भेटिन्छन्। झिलिमिलीले चाडपर्वको माहोल अझ रमाइलो बनाइरहेको छ।
स्थानीयहरूका अनुसार यो झिलिमिली बत्ती दशैं, तिहार र छठसम्म रहनेछ।
असोज ९, २०८२ बिहीबार १९:४३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।