फागुन २१ को चुनावमा भोट हाल्न चाहनेले असोज ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने

फागुन २१ को चुनावमा भोट हाल्न चाहनेले असोज ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने

काठमाडौं : आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य पुनः सञ्चालन गर्ने भएको छ। आयोगको निर्णय अनुसार अब यो प्रक्रिया २०७९ असोज ३० गतेसम्म चल्नेछ।

आयोगले जारी गरेको सूचना अनुसार १८ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकहरूले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। सार्वजनिक विदाको दिन भने नाम दर्ता हुने छैन।

आयोगले आफ्नो वेबसाइट www.election.gov.np मार्फत प्रि-रजिष्ट्रेशन (applyr.election.gov.np) प्रणाली उपलब्ध गराएको छ। सो प्रणालीबाट आवेदन भरेपछि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्नेछ।

नयाँ नाम दर्तासँगै ठाउँसारी गर्ने, नाम र विवरण सच्याउने सुविधा पनि दिइने आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले आगामी निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न सबै योग्य नेपाली नागरिकलाई समयमै नाम दर्ता वा विवरण अद्यावधिक गर्न आग्रह गरेका छन्।

मतदाता नामावली दर्ता खुल्ला भएको छ ।
आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ ।
२०८२ कार्तिक मसान्त सम्म नामावलीमा नाम दर्ता गर्न सकिन्छ ।यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन ।
https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ ।

असोज ९, २०८२ बिहीबार १८:१०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।